बिहिबार सुनचाँदीको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
१५ मंसिर २०७९ १०:५२

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार १ सय रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ। सुनको मूल्य प्रति तोला ३० रुपैयाँले बढेको हो। बुधबार सुनको मूल्य प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *