आईसीएफसी फाइनान्सले गर्यो लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

डिसी नेपाल
१५ मंसिर २०७९ १२:२८

काठमाडौँ। आईसीएफसी फाइनान्सले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले चुक्तापुँजी १ अर्ब १२ करोड ७१ लाख १५ हजार २०० रुपैयाँको ५ प्रतिशतले हुन आउने ५ करोड ६३ लाख ५५ हजार ७६० रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले नै हुन आउने ५ करोड ६३ लाख ५५ हजार ७६० रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने भएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *