सेञ्चुरी बैंकले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
१५ मंसिर २०७९ १३:३३

काठमाडौँ। सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने भएको छ।  बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर दिने निर्णय  गरेको हो। साथै, बोनस सेयरमा लाग्ने कर तिर्नको लागि ०.२५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ।

बैंकले चुक्तापुँजी ९ अर्व ५५ करोड ३९ लाख ९ हजार १९८ रुपैयाँ ८९ पैसाको ४.७५ प्रतिशतले हुनआउने रकम ४५ करोड ३८ लाख १० हजार ६ सय ८६ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनका लागि चुक्तापुँजीको ०.२५ प्रतिशतले हुनआउने रकम रु.२ करोड ३८ लाख ८४ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभांशमा खर्च गर्न लागेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२ औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गरिने बैंकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *