११.२२ अंकले बढ्यो नेप्से, १ अर्ब ३२ करोड माथिको कारोबार
काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१.०६ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८२ अङ्कले बढेर ३८३.६६ मा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २४१ कम्पनीको ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ३२ करोड २९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा नबिल बैंक शीर्ष स्थानमा छ। यसको आज १४ करोड ४५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा एनसिसि बैंकको प्रमोटर सेयर र तेस्रोमा हिमाल दोलखाको कारोबार भएको छ।
बिहिबारको कारोबारमा १३ वटा उपसुचकमध्ये ३ वटा उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा धौलागिरी लघुवित्त र श्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सिटिजन म्युचुअल फण्ड र घलेम्दी हाइड्रोका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
Facebook Comment