‘भाग्यमानी’ सार्वजनीक गर्दै गायक सुनिल गिरीले दिए विवाह गरेको जानकारी

डिसी नेपाल
१५ मंसिर २०७९ १७:१५
520
Shares

काठमाडौं । गायक सुनिल गिरीले उदयपुरकी  अञ्जु आचार्यसँग लगनगाँठो कसेका छन् । को होला त्यो, झरी परेको रात, सोल्टिनी, झम्के साँझजस्ता हिट लोकपप गीतका गायक तथा संगीतकार गिरीले उदयपुरकी अञ्जु आचार्यसँगको ९ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

हालै ५  महिना जर्मनी बसेर फर्किएका गायक गिरीले विवाह गरेको केही समयपछि फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै आफूले विवाह गरेको फ्यानलाई जानकारी दिएका हुन् ।

गायक गिरी र अञ्जु बेहुला बेहुली लुक्समा फिचर्ड म्युजिक भिडियोमा उनीहरू स्वयंले अभिनयसमेत गरेका छन् ।

नेपाल र जर्मनीमा छायांकन गरिएको गीतको कम्पोज गायक गिरीले नै गरेका हुन् । जसको सम्पादन र कलरिङ विवेक विकले गरेका हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *