शुक्रबार पनि घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१६ मंसिर २०७९ ९:२०

काठमाडौँ। शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३० रुपैयाँ २५ पैसा तोकिएको छ। बुधबार एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३० रुपैयाँ ५८ पैसा रहेको थियो।

युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९८ पैसा रहेको छ भने अष्ट्रेलियन डलर खरिद ८८ रुपैयाँ २७ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६७ पैसा कायम छ। क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५७ र बिक्रीदर ९७ रुपैयाँ ०३ पैसा छ।

सिङ्गापुरे डलरको खरिददर ९५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९० पैसा र जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ५१ पैसा र बिक्रीमा ९ रुपैयाँ ५५ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ।

यसैगरी, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २९ पैसा र बिक्रीदर १८ रुपैयाँ ३७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६५ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ४३ पैसा र बिक्रीदर २९ रुपैयाँ ५७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *