महोत्तरीको बर्दिबासमा अर्को चुनावको चर्चा, आकांक्षीहरुको छलफल तिव्र

डिसी नेपाल
१६ मंसिर २०७९ ९:५८

महोत्तरी। प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिएसँगै महोत्तरीको बर्दिबासमा निर्वाचन सुरु भएको छ। बर्दिबास नगरपालिकामा १० वर्षदेखि हुन नसकेको उद्योग वाणिज्य संघ र खानेपानी संस्थानको निर्वाचनले माहोल तातेको हो।

७ पुसमा निर्धारण भएको उद्योग वाणिज्य संघको निर्वाचनका लागि दौडधुप सुरु भएको छ। झण्डै १४ सय व्यवसायी अहिले उद्योग वाणिज्य संघ बर्दिबासमा दर्तामा छन्। यतिबेला आगामी नेतृत्वको रस्साकस्सीमा दुई जना मैदानमा देखिएका छन् । पूर्वउपाध्यक्ष कृष्ण गौतम र विष्णु खडकाको बजारमा चर्चा चलेको छ।

उपाध्यक्ष कृष्ण गौतमले पत्रकारसँगको भेटघाटमा २० वर्षदेखिको वाणिज्य संघमा बसेर गरेको कामलाई अध्यक्षको नेतृत्व लिएर अगाडि बढ्न चाहेको बताए। विष्णु खडकाले पनि विगतमा सामाजिक संस्थामा बसेर गरेको कुशल र सफल नेतृत्व अब उद्योग वाणिज्य संघमा बसेर अझ फराकिलो बनाउने बताउँदै आएका छन्।

पूर्वमहासचिवको भूमिकामा रहेर काम गरिसकेका युवा भवनाथ खतिवडाले पनि संस्थाको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल आफ्नो फेसबुक मार्फत आफू पनि अध्यक्षको उम्मेदवार भएको घोषणा गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *