चम्पावती हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

डिसी नेपाल
१६ मंसिर २०७९ १०:१९

काठमाडौँ। चम्पावती हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने निर्णय गरेको छ।  मंसिर १० गते बसेको समितिको बैठकले यस्तो निर्णय गरेको कम्पनीले जानकारी दिएको छ।

पुस ९ गते कम्पनीको १३औं वार्षिक साधारणसभा बोलाइएको छ। उक्त साधारणसभाले समितिको प्रस्ताव पारित गरेपछि आईपीओको प्रक्रियामा जाने कम्पनीले जानकारी दिएको छ।

कम्पनीले गोर्खाको थालाजुङ र केराबारी र लमजुङको भलायखर्क र कोल्कीमा १ अर्ब ३१ करोड ८० लाख रुपैयाँ स्थिर पुँजीमा ७ मेगावाट जलविद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ। थालाजुङ र केराबारी आसपास चेपे खोलामा सात मेगावाट विद्युत उत्पादन गर्न चम्पावती हाइड्रोपावर प्रालिले अनुमति लिएर काम गरिरहेको छ। कम्पनीको अध्यक्षमा डा. हरिराम पराजुली छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *