ह्वात्तै बढ्यो सुनको मूल्य

डिसी नेपाल
१६ मंसिर २०७९ १०:४९

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य दिन प्रति दिन बढ्दै गईरहेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९९ हजार १ सय रुपैयाँ कायम भएको छ।

आज छापावाला सुनको मूल्य १ हजार रुपैयाँले  बढेर प्रति तोला ९९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बिहिबार छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढेर ९८ हजार १ रुपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार  छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढेर ९७ हजार ६ रुपैयाँमा कारोबार भएको थियो।  सुनको मूल्य तीन दिनमा १ हजार ७ सय रुपैयाँले बढेको छ।

यता, चाँदीको मूल्य पनि बढ्दै गईरहेको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेर १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *