नुहाएपछि प्रयोग गर्ने तौलियाबाट फैलिन्छ यस्तो रोग

काठमाडौं । शरीरको सरसफाइका लागि दैनिक नुहाउनु अति आवश्यक हुन्छ। नुहाउने समयमा हाम्रो सबैभन्दा महत्त्वपूर्ण साथी तौलिया हो। जसलाई हामी बाथरूममा राख्छौं र नुहाएर प्रयोग गर्ने गर्छौं। यो कपाल र शरीर सफा गर्न प्रयोग गरिन्छ। तर के तपाईलाई थाहा छ तौलिया बेर्नु खतरनाक पनि हुन सक्छ। त्यसैले यसलाई सावधानीपूर्वक प्रयोग गर्नु पर्ने हुन्छ ।
यदि तौलिया सही तरिकाले प्रयोग गरिएन भने यो स्वास्थ्यको लागि खतरनाक हुन सक्छ। यो धेरै अनुसन्धानमा प्रमाणित भएको छ कि नुहाईएपछि शरीर वा कपालमा तौलिया बेर्नु अलि जोखिमपूर्ण हुन्छ, किनभने यसमा धेरै खतरनाक ब्याक्टेरिया हुन सक्छ।
सामान्यतया तौलिया प्रयोगमा हामी लापरवाही गर्छौं। किनकी यसलाई अन्य कपडाजस्तै बारम्बार धोइँदैन, जसका कारण यसमा कीटाणु जम्मा हुन थाल्छ, जसले धेरै रोग फैलाउँछ। स्वास्थ्य विज्ञहरूका अनुसार यसले झाडापखाला, फूड पोइजनिङ जस्ता रोग निम्त्याउन सक्छ । अध्ययन अनुसार १४ प्रतिशत बाथरुममा प्रयोग गरिने तौलियामा ई।कली ब्याक्टेरिया पाइन्छ । यी जिवाणु मानिसको पाचन प्रणालीमा पाइन्छ र मलको माध्यमबाट फैलन्छ ।
नुहाउँदा तौलियाले शरीर पुछेपछि भिजेको हुन्छ र त्यसमा धेरै समयसम्म चिसो रहन्छ, जुन ब्याक्टेरिया बढ्नको लागि एकदमै अनुकूल वातावरण हो। अब अर्को पटक सोही तौलिया प्रयोग गर्दा यी कीटाणुहरु तपाईको शरीरमा पसेर रोगहरु फैलाउनेछन् ।
रोगबाट बच्न के गर्ने ?
तौलियाबाट फैलिने रोगबाट बच्न चाहनुहुन्छ भने हप्तामा एक पटक डिटर्जेन्टले धुनुपर्छ। यसले खतरनाक ब्याक्टेरियालाई मार्नेछ। यस बाहेक हरेक पटक नुहाइसकेपछि तौलियाले पुछ्दा तुरुन्तै घाममा सुकाउनु पर्ने हुन्छ। यसो गर्नाले तौलियामा चिसो रहँदैन र कीटाणु पनि उत्पन्न हुँदैनन् ।
तौलिया एक पटक प्रयोग गरेपछि परिवर्तन गर्नु पर्ने विशेषज्ञको सल्लाह हुन्छ । तौलिया नियमित रुपमा परिवर्तन नगर्दा विभिन्न किसिमको रोग उत्पन्न हुन्छ । तैलिया प्रयोग गरिसकेपछि कति फोहोर हुन्छ भन्ने कुराको अनुमान समेत गर्न सकिँदैन ।
कुनै पनि तौलिया धुनु अघि तीन पल्ट प्रयोग गर्ने र हरेक पल्ट प्रयोगपछि तौलिया पूर्ण रुपमा सुख्खा भयसी मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ ।