‘डेसान’ को आइ लभ युमा निशान र पुनमको रोमान्स
काठमाडौँ। ‘डेसान’ फिल्ममा समाबेश रोमान्टिक गीत ‘आइ लभ यु’ शुक्रबार सार्वजनीक गरिएको छ।
प्रताप दास र प्रबिशा अधिकारीको स्वर रहेको उक्त गीतमा राजु थापाको शब्द,हरि लम्सालको संगीत र अजय स्याङ्तेनको कोरियोग्राफी रहेको गीत युट्युव च्यानल पर्फमिङ आर्ट क्रिएसनमार्फत दर्शकमाझ ल्याइएको हो। कमल एक्चै मगर निर्देशीत फिल्मको गीतमा नवअभिनेता,अभिनेत्री द्वय निशान चौहान र पुनम थापालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ।
अबको शुक्रबार अर्थात् २३ मंसिरबाट देशब्यापी प्रदर्शनमा आउन लागेको फिल्ममा पारिवारिक प्रेम, बिश्वास, घात तथा बदलाको कथा उठान गरिएको छ। सामाजीक महामारीको कथाको रुपमा ब्याख्या गरिएको फिल्ममा निशान र पुनमका साथमा भोला सापकोटा,नम्रता सापकोटा,कविता आले,आरुषजंग सारु,मलिका बस्नेत,प्रमीशा सारुमगरलगायतको अभिनय छ। केही समयअघि सार्वजनीक फिल्मको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो। चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा अजय स्याङतेनको कोरियोग्राफी छ। मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको बितरण एफडि,जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment