बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई ३८ सय ८८ मतको अग्रता

डिसी नेपाल
१७ मंसिर २०७९ १६:४४

काठमाडौ । सत्ता गठबन्धनबाट बाजुरामा प्रतिनिधिसभा सदस्यका कांग्रेसका उम्मेदवार बद्री पाण्डेले निरन्तर अग्रता कायम गरिरहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयको पछिल्लो अपडेटअनुसार कांग्रेसका उम्मेदवार पाण्डेले १७ हजार ४० मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका कर्ण थापाले १३ हजार १ सय ५२ मत पाएका छन् । उनीहरूको मतान्तर ३ हजार ८ सय ८८ पुगेको छ ।

४ मंसिरको  निर्वाचनमा  विवाद भए पछि यहाँका केही मतदान केन्द्रमा पुनः मतदान भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *