एक लाख नजिक पुग्यो सुनको मूल्य, प्रति तोला कति ?

डिसी नेपाल
१८ मंसिर २०७९ ११:०२

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेर १ लाख नजिक पुगेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला ९९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर प्रति तोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। सुनको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको हो। शुक्रबार सुनको मूल्य प्रति तोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *