धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच मर्जर सम्झौता

डिसी नेपाल
१८ मंसिर २०७९ १३:१९

काठमाडौँ। धौलागिरी लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन्। एकापसमा गाभिनेसम्बन्धी प्रारम्भिक सम्झौता आज सम्पन्न भएको हो।

यी दुवै लघुवित्तले गाभिनेसम्बन्धी प्रारम्भिक सम्झौता गरेसंगै नेप्सेमा पत्र पठाउँदै आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गरिदिन आग्रह गरेका छन्। अब नेप्सेको निर्णयबाट यी दुवै लघुवित्तको आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गरिनेछ भने अन्य सेयरधनीहरुको सेयर कारोबार भने सुचारु नै रहनेछ।

धौलागिरी राष्ट्रियस्तरको लघुवित्त संस्था हो। यसको केन्द्रीय कार्यालय बागलुङमा रहेको छ। त्यस्तै खप्तड सुदूपश्चिम प्रदेश कार्यक्षेत्र रहेको लघुवित्त संस्था हो। यसको केन्द्रीय कार्यालय भने कैलालीको गोदाबरीमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *