अनु र सरगम राईले ल्याए ‘भाकी सके’
काठमाडौँ। गायक सरगम राई र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत ‘भाकी सके’ सार्वजनिक भएको छ। गीतमा सरगम राईको शब्द तथा संगीत र बादल लिम्बूको एरेन्ज रहेको छ।
गीतको भिडियोमा सविन श्रेष्ठ र अनु शाहको अभिनय छ। प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियो कालिन्चोक र आसपासमा छायांकन गरेको जनाइएको छ। केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो प्रकाश खड्काले छायांकन गरेका हुन् भने सम्पादन दिनसन शाहको रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment