प्राइम बैंकको संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
१९ मंसिर २०७९ १०:३४

काठमाडौँ। प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्री खुल्ला भएको छ। बैंकले केहि संस्थापक सेयरधनीका नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो।

यो सेयरमा सर्वसाधारणहरुले पनि आवेदन दिन पाउने छन्। सेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको १५ दिन भित्र  कम्पनी सचिवको कार्यालयमा पुग्ने गरी आवेदन दिनुपर्नेछ।

सेयर बिक्री गर्न चाहने संस्थापक सेयरधनीको नाम र बिक्री मूल्यका सम्बन्धमा कम्पनी सचिवको कार्यालयमा बुझ्न सकिने बैंकले जनाएको छ।

यसअघि बैंकले उक्त सेयर खरिद गर्न विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको समय दिएको थियो। तर, त्यस अवधिमा कुनै पनि संस्थापकबाट खरिद आवेदन नपरेपछि बैंकले सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *