तीन दिनमा १८ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

डिसी नेपाल
१९ मंसिर २०७९ १०:५२

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेर १ लाख नजिक पुगेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर प्रति तोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। सुनको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो। आइतबार सुनको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *