नेको इन्स्योरेन्सको लाभांश घोषणा

डिसी नेपाल
१९ मंसिर २०७९ ११:३६

काठमाडौँ। नेको इन्स्योरेन्सले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।  आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै, बोनसमा लाग्ने कर तिर्नको लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि गरेको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *