मितेरी डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

डिसी नेपाल
१९ मंसिर २०७९ ११:४६

काठमाडौँ। मितेरी डेभलपमेन्ट बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने भएको छ। सोमबार (आज)बसेको सञ्चालक समितिको बैठकले आथिक वर्ष २०७८/७९ को मुनाफाबाट १२.३५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। यसका साथै बोनसमा लाग्ने कर तिर्नको लागि ०.६५ प्रतिशत नगद लाभांश पनि दिनेछ।

कम्पनीले हाल कायम चुक्तापुँजी ९० करोड ३४ लाख २८ हजार ७०.१९ रुपैयाँको १२.३५ प्रतिशतले हुन आउने ११ करोड १५ लाख ७३ हजार ३६६.६७ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.६५ प्रतिशतले हुन आउने ५८ लाख ७२ हजार २८२.४६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्नेछन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भए पछि वितरण गरिने बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *