युरिक एसिड भएकाले कुन फलफूल खाने ?

डिसी नेपाल
१९ मंसिर २०७९ १४:३०

काठमाडौं । आजकल युरिक एसिडका विरामीहरु निकै बढ्दै गएको पाइन्छ । जेडीमा बुढापाका, युवायुवती सबैमा युरिक एसिडका समस्याहरु देखा पर्ने गर्दछ । यस्तो अवस्थामा आफ्नो खानपानमा अलिक सावधानी अपनाउनु पर्ने हुन्छ । त्यसैले आज हामी त्यस्ता केही फलफूलको बारेमा बताउन गइरहेका छौँ। जसलाई आफ्नो आहारमा समावेश गरेर जोर्नीमा रहेको युरिक एसिडलाई जरैबाट हटाउन सकिन्छ ।

युरिक एसिडमा कुन फलफूल खाने ? :

– किवी एउटा यस्तो फल हो जसलाई युरिक एसिडले खानुपर्छ । यसले तपाईंको प्रतिरक्षा प्रणालीलाई मात्र बलियो बनाउँदैन यसले प्लेटलेट्सलाई पनि कायम राख्छ। यसमा पोटासियम, फोलेट, भिटामिन सी र भिटामिन ई प्रशस्त मात्रामा पाइन्छ।

– युरिक एसिडमा पनि केरा खानुपर्छ । यसमा प्युरिनको मात्रा कम हुन्छ । यसले गाउटको जोखिम कम गर्छ। यसले रगतमा युरिक एसिड कम गर्न मद्दत गर्छ।

– युरिक एसिडमा स्याउ पनि निकै प्रभावकारी हुने चिकित्सकहरु बताउँछन् । यसमा फाइबरको मात्रा उच्च हुने भएकाले यसले युरिक लेभललाई नियन्त्रण गर्न मद्दत गर्छ । युरिक एसिडको मात्रा उच्च भएकाले यो खानेकुरा खानुपर्छ ।

– सुन्तलालाई युरिक एसिड भएकाले खाने उपयुक्त फलफुल हो । यसले विषाक्त पदार्थ हटाउन मद्दत गर्छ। यसमा पोटासियम, फोलेट, भिटामिन सी र भिटामिन ई प्रशस्त मात्रामा पाइन्छ।

– चेरी एक प्राकृतिक एन्टी–इन्फ्लेमेटरी पनि हो। जसले यूरिक एसिडको स्तर घटाउने काम गर्छ। चेरी फाइबर र भिटामिन सी को उच्च स्रोत पनि हो, यसलाई आफ्नो आहारमा समावेश गर्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *