‘बालबालिकाको नाम बम, बन्दुक…राख्न अभिभावकलाई सरकारको आदेश !

डिसी नेपाल
१९ मंसिर २०७९ १४:४१

काठमाडौं । उत्तर कोरियामा अभिभावकलाई आफ्ना बालबालिकाको नाम ‘बम’, ‘बन्दुक’ र ‘स्याटेलाइट’ राख्न भनिएको छ । त्यस्ता नामहरूलाई ‘देशभक्त’ भनेर वर्णन गरिएको छ। सरकारले आफ्ना छोराछोरीको लागि आमाबाबुले थप वैचारिक र सैन्य नाम राख्नु पर्छ भनेको छ । धेरै सरल नामहरू वेवास्ता गर्न भनिएको छ ।

रेडियो फ्री एशियाको रिपोर्टमा स्थानीय जनतासँगको कुराकानीका आधारमा यस्तो दाबी गरिएको हो । यसअघि, उत्तर कोरियाली सरकारले आफ्ना नागरिकहरूलाई दक्षिण कोरियाको जस्तै ए री (मनपर्ने) र सु मी (धेरै सुन्दर) जस्ता नामहरू प्रयोग गर्न अनुमति दिएको थियो। तर अब यस्ता नाम भएका व्यक्तिले बढी देशभक्ति र वैचारिक नाम राख्नु पर्ने सरकारको आदेश छ । त्यसो नगर्नेलाई जरिवाना हुनेछ ।

उत्तर कोरियाली नेता किम जोङ उन आमाबाबुले आफ्ना छोराछोरीको नाम पोक इल (बम), चुङ सिम (वफादारी) र उइ सोङ (स्याटेलाइट) जस्ता राखुन् भन्ने चाहन्छन्। यदि कसैले त्यसो गर्न इन्कार गरेमा उसलाई जरिवाना र ‘समाज विरोधी’ घोषणा गरिनेछ।

यो आदेशको पालना गर्न गत महिनादेखि देशभरका जनतालाई नोटिस जारी गरिएको छ । यो वर्षको अन्त्यसम्म नाम सच्याउन उनीहरूसँग समय छ । मानिसहरूलाई भनियो कि क्रान्तिकारी मापदण्डहरू पूरा गर्न, तिनीहरूको नाममा राजनीतिक अर्थ हुनुपर्छ।

यद्यपि, धेरै अभिभावकहरू यो आदेशसँग रिसाएका छन् र तिनीहरू नाम परिवर्तन गर्न हिचकिचाउँछन्। व्यक्तिलाई आफ्नो नाम राख्ने स्वतन्त्रता किन दिन सकिँदैन भन्ने प्रश्न जनताले उठाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *