लालु प्रसाद यादवको मिर्गौला प्रत्यारोपण सफल

डिसी नेपाल
१९ मंसिर २०७९ १६:४९

काठमाडौं । राष्ट्रिय जनता दल (राजद)का अध्यक्ष लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

लालु यादवका छोरा तथा बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवले अस्पतालबाट शल्यक्रियापछिको भिडियो ट्वीट गरेका छन् ।

उनले अहिले लालुप्रसाद यादवलाई आईसीयूमा सारिएको बताएका छन् । दाता रोहिणी आचार्य र लालुप्रसाद यादव दुवै स्वस्थ छन् ।

लालु यादवको सिङ्गापुरको माउन्ट एलिजाबेथ अस्पतालमा शल्यक्रिया गरिएको छ । उनलाई मिर्गौला दिने उनकी छोरी रोहिणी आचार्य सिंगापुरमा बस्छिन् ।

गत महिना लालुप्रसाद यादव र उनकी छोरी रोहिणी आचार्यको मिर्गौला मिलाइएको थियो ।

राजद प्रमुख लालु लामो समयदेखि विभिन्न रोगबाट पीडित छन् । उनलाई मधुमेह र उच्च रक्तचाप जस्ता रोग पनि छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *