श्रममन्त्री तथा नेकपा एसबाट चुनाब जितेका सांसद शेरबहादुर कुँवर एमालेमा जाने तयारी

काठमाडौं। भर्खरै सकिएको प्रतिनिधि सभाको निर्वाचनमा अछाम–१ बाट नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट चुनाब जितेका सांसद तथा बहालवाला श्रममन्त्री शेरबहादुर कुँवर एमालेमा फर्किने तयारी गरेका छन् ।
स्रोतका अनुसार केही समयअघि कुँवर र भिम रावलको भेटवार्ता भएको थियो । सोही भेटमा कुँवरलाई एमालेमा फर्काउने विषयमा छलफल भएको थियो । स्रोतका अनुसार आफ्नो शर्त पूरा भएमा कुँवर एमालेमा फर्कन तयार छन् ।
यो पनि –
डिसी नेपालमा प्रकाशित समाचारप्रति श्रममन्त्रीको सचिवालयको ध्यानाकर्षण
एमालेले यस पटक अछाम १ मा रावललाई टिकट नदिएर झपट बहादुर बोहरालाई उठाएको थियो । तर, बोहरा कुँवरसँग पराजित भए ।
यो भेटमा यदि एमालेले भिम रावललाई राष्ट्रिय सभामा लैजाने भएमा कुँवर एमालेमा फर्किने विषयमा मोटामोटी सहमति भएको बताइएको छ । रावल राष्ट्रिय सभामा जाने ‘कम्फर्म’ हुनासाथ कुँवर एमालेमा फर्किने स्रोतले जनाएको छ ।
Facebook Comment