अर्थतन्त्र जोगाउन उद्योग वाणिज्य महासङ्घको आग्रह

डिसी नेपाल
१९ मंसिर २०७९ २२:००

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल कम्युनिष्ट पार्टी(एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज छुट्टाछुट्टै भेट गरी मुलुकको अर्थतन्त्र जोखिमोन्मुख रहेकाले जोगाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको प्रतिनिधिमण्डलले पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीलाई आज साँझ उनको निवास बालकोट भक्तपुर र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग आज बिहान उहाँहो निवास खुमलटारमा भेट गरेको थियो ।

सो अवसरमा शीर्षनेताहरूसमक्ष प्रतिनिधिमण्डलले अर्थतन्त्रमा बहुुआयामिक असर परेको र बहुप्रतिक्षित चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ चिन्ता प्रकट गर्दै समस्या समाधानमा सहयोग र समन्वय गरिदिन आग्रह ग¥यो । महासङ्घ यतिखेर ‘अर्थतन्त्र जोगाऔँ’अभियानमा छ ।

शीर्षस्थ नेतृत्वसँगको भेटवार्तामा महासङ्घका अध्यक्ष गोल्छाले अर्थतन्त्रको संवेदनशीलता बुुझिदिन आग्रह गरे । राजस्वले साधारण खर्चसमेत धान्न नसक्ने अवस्था आएको भन्दै मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै सङ्कुचित हँुदै गएकातर्फ ध्यानाकर्षण गराएका थिए ।

सो अवसरमा एमालेका अध्यक्ष ओलीले अर्थतन्त्र संवेदनशील अवस्थामा रहेकातर्फ आफू पनि चिन्तित रहेको बताए । महासङ्घले राखेका सबै सुुझावहरू जायज रहेका र तीनको सम्बोधन गर्न आफ्नो पार्टीले पूरा सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । उनले अगाडि भने, “छिट्टै तपाइँ उद्यमी व्यवसायी साथीहरूसँग बसेर यस विषयमा थप छलफल गर्छु ।”

अर्थतन्त्रलाई सही दिशामा ल्याउनेतर्फ राजनीतिक दलहरू बढी क्रियाशील हुनुुपर्नेमा निजी क्षेत्रले चिन्ता व्यक्त गर्दै महासङ्घले अर्थतन्त्र जोगाउन गरेको पहलमा आफ्नो पूरा सहयोग रहने विश्वास दिलाए । माओवादीका अध्यक्ष दाहालले देशको आर्थिक अवस्थालाई कसरी माथि लैजान सकिन्छ र अहिलेको समस्या समाधान गर्न सकिन्छ भन्ने बारेमा आफू गम्भीर रहेको बताए । अध्यक्ष दाहालले समस्या समाधानमा सबैको सामूहिक प्रयास आवश्यक छ, राजनीतिक नेतृत्वको हिसाबले उद्योग व्यवसाय क्षेत्रको समस्या समाधान र एफएनसिसीआईका सुुझाव कार्यान्वयनमा आफ्नो विशेष सहयोग रहने विश्वास दिलाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *