इतिहासमा आजः दक्षिण अफ्रिकाबाट बोत्स्वाना स्वतन्त्रदेखि अमेरिकी संविधानमा संशोधनसम्म

डिसी नेपाल
२० मंसिर २०७९ ७:०६

आज ६ डिसेम्बर २०२२। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रम

बोत्स्वाना स्वतन्त्र

सन् १९७७ मा बोत्स्वाना दक्षिण अफ्रिकाबाट स्वतन्त्र भएको थियो। वोत्स्वान गणतन्त्रलाई कहिल्यै पनि अन्तर्राष्ट्रिय मान्यता पाउन सकेन। सन् १९४४ मा शृंखलाबद्ध कुपछि यो दक्षिण अफ्रिकासँग मिसिएको थियो।

पहिलो पटक बालकको मुटु प्रत्यारोपण

सन् १९६७ मा पहिलो पटक बालकको मुटु प्रत्यारोपण भएको थियो। दक्षिण अफ्रिकामा पहिलो पटक विश्वमा नै पहिलो मुटुको प्रत्यारोपणपछि अमेरिकामा पहिलो पटक बालकको मुटुको प्रत्यारोपण भएको थियो । एड्रियन क्यान्ट्रोविज र उनको समूहले ब्रुकलाईनस्थित मिमोनाईड्स मेडिकल सेन्टरमा बालकको मुटु प्रत्यारोपण गरेको थियो।

अ‌ाइरिस स्वतन्त्र राज्य घोषणा

सन् १९२२ मा अ‌ाइरिस स्वतन्त्र राज्य घोषणा गरिएको थियो । ब्रिटीश र अ‌इरिस प्रतिनिधिबीच सन् १९२१ मा भएको एउटा सन्धिपछि डोमिनेशन अफ ब्रिटीश शासन स्थापना संभव भएको थियो । सो राज्य सन् १९३७ सम्म अस्थित्वमा अ‌ाएको थियो।

फिनल्यान्डको स्वतन्ता

सन् १९१७ मा फिनल्यान्ड स्वतन्त्र भएको थियो । उत्तरी युरोपेली देश फिनल्यान्ड सन् १८०९ मा रसियाली शासनको नियन्त्रणमा थियो । रसियाको अक्टोबर क्रान्तिपछि सोभियत युनियन खडा भएसँगै फिनल्यान्डको स‌ंसदले स्वतन्त्रता घोषणा गरेको थियो।

अमेरिकी संविधानमा संशोधन

सन् १८६५ मा अमेरिकी संविधानको १३औँ संशोधन भएको थियो । संशोधनसँगै अमेरिकामा दासता अन्त भएको थियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *