मंगलबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२० मंसिर २०७९ १०:४०

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले घटेर प्रति तोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। सुनको मूल्य प्रति तोला ३५ रुपैयाँले घटेको हो। आइतबार सुनको मूल्य प्रति तोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *