रुसका दुई सैन्य एयरफिल्डमा विस्फोट, धेरैको ज्यान गयो

डिसी नेपाल
२० मंसिर २०७९ ११:२४
360
Shares

काठमाडौं । समाचार अनुसार रुसका दुई सैन्य एयरफिल्डमा विष्फोट भएको छ । जसमा धेरैको ज्यान गएको छ । मस्कोको दक्षिणपूर्वमा रहेको रियाजान सहर नजिकैको एयरफिल्डमा इन्धन ट्याङ्कर विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।

साराटोभ क्षेत्रमा भएको विस्फोटमा अन्य दुई जना घाइते भएको बताइएको छ । अहिलेसम्म यी विष्फोटको कारण खुल्न सकेको छैन । दुवै क्षेत्र युक्रेनको सिमानाबाट सयौं किलोमिटर टाढा छन्।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यी दुवै घटनाबारे जानकारी गराइएको बताए ।

सेराटोभका क्षेत्रीय गभर्नरले भनेका छन् कि सुरक्षा निकायले विस्फोटको कारण पत्ता लगाउन प्रयास गरिरहेको छ। उनले यसलाई “सैनिक अड्डाहरूमा दुर्घटना रिपोर्ट” को रूपमा वर्णन गरेका छन्।

स्याटेलाइटबाट खिचिएको तस्विरमा लडाकु विमान एङ्गल्स एयरबेसमा उभिएको देख्न सकिन्छ । अन्य तस्विरहरूले यो एयरबेसमा सैन्य विमानहरूको संख्यामा केही वृद्धि भएको देखाउँछ। युक्रेनले यसबारे कुनै आधिकारिक टिप्पणी गरेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *