आरएमडीसी लघुवित्तद्वारा लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

डिसी नेपाल
२० मंसिर २०७९ ११:४७

काठमाडौँ। आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने भएको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट २६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  यसका साथै बोनसमा लाग्ने कर तिर्नको लागि १.३६८४ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।

संस्थाले हाल कायम चुक्ता पूँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार ३२७ रुपैयाँको २६ प्रतिशतले हुन आउने ३२ करोड २६ लाख ७७ हजार २४५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.३६८४ प्रतिशतले हुन आउने १ करोड ६९ लाख ८३ हजार १३ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्न लागेको हो।

प्रस्तावित लाभांशमा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि आफ्नो सेयरधनीलाई वितरण गर्ने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *