साना किसान विकास लघुवित्तले गर्यो २७.३६८४ प्रतिशत दिने घोषणा

डिसी नेपाल
२० मंसिर २०७९ १२:००

काठमाडौँ। साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  बोनसमा लग्ने कर तिर्न १.३६८४ प्रतिशत नगद लाभांश दिने भएको छ।

कम्पनीले  हाल कायम चुक्तापुँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७.६० रुपैयाँको २६ प्रतिशतले हुन आउने ४० करोड ६७ लाख ४७ हजार ५६९.१८ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.३६८४ प्रतिशतले हुन आउने २ करोड १४ लाख ७ हजार ७६६.८० रुपैयाँबराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरेर सेयरधनीलाई वितरण गर्ने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *