अनुष्का शर्माको ‘रेट्रो लुक्स’

डिसी नेपाल
२० मंसिर २०७९ १२:५६

काठमाडौं। भारतिय अभिनेत्री अनुष्का शर्माको रेट्रो स्टाइलका तस्बिरहरु यतिबेला सामाजिक संजालमा निकै चर्चामा आएको छ । उनी यस लुकमा निकै सुन्दर देखिएकी छिन् ।

अनुष्का शर्माले हालै आफ्नो प्रोडक्सन हाउस ‘क्लीन स्लेट फिल्म्स’ बाट आफूलाई अलग गरेकी छिन् र आफ्नो भाइ कर्णेश शर्मालाई जिम्मेवारी दिएकी छिन् । यस प्रोडक्सन हाउस अन्तर्गत हालै नेटफ्लिक्समा फिल्म ‘कला’ रिलिज भएको छ । जसमा अनुष्काले केमियो गरेकी थिइन् । जसमा उनी रेट्रो लुकमा देखिएकी थिइन् । सामाजिक सञ्जालमा उनको लुकको निकै तारिफ भइरहेको छ ।

अनुष्का शर्माका यी सबै तस्विर ब्ल्याक एन्ड ह्वाइट छन् । यसमा उनी पुराना फिल्मकी अभिनेत्री जस्तै पोज दिएकी छिन् । फिल्ममा उनले बलिउड अभिनेत्री देविकाको भूमिका निभाएकी छिन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *