१० दलले कटाए लुम्बिनीमा थ्रेस होल्ड, तर सरकार गठनमा बहुमत जुटाउन सकस

डिसी नेपाल
२० मंसिर २०७९ १४:१३

बुटवल। लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दलले थ्रेस होल्ड कटाएका छन्। यो सँगै अब प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ।

लुम्बिनी प्रदेशमा प्रतिनिधिसभाका २६ र प्रदेशसभाका ५२ निर्वाचन क्षेत्र रहेकोमा आठ वटा राजनीतिक दलले मात्रै प्रत्यक्षमा चुनाव जितेका थिए। तर, समानुपातिकमा थ्रेस होल्ड पार गरेका १० राजनीतिक दलको प्रदेशसभामा प्रतिनिधित्व हुने छ। संविधानको व्यवस्था अनुसार प्रदेशमा ‘थ्रेस होल्ड’ पार गर्न कुल सदर मतको १.५ प्रतिशत मत ल्याउनुपर्छ।

लुम्बिनीेमा ३२ दलले चुनावमा भाग लिएकामा १८ लाख ८७ हजार ७८ मत सदर भएको थियो। जसमा १० वटा दलले २८ हजार ३०६ मत १.५ प्रतिशत थ्रेसहोल्ड कटाएका छन्। १० दलले पाएको १७ लाख ७७ हजार ७२० मतलाई ३५ सिटमा भाग लगाउँदा सबैभन्दा धेरै ३० प्रतिशत ५ लाख ७० हजार ९२१ मत पाएको नेकपा एमालेले ११ सीटसम्म भाग पाउनेछ।

दोस्रोमा कांग्रेसले २६ प्रतिशत ९ लाख ९९ हजार ९८६ मत ल्याएको छ। उसले ९ देखि १० सीटसम्म भाग पाउनेछ । १० प्रतिशत १ लाख ९८ हजार ४५० मत पाएको नेकपा माओवादी केन्द्रले ५ वटासम्म सिट पाउनेछ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ प्रतिशत १ लाख २७ हजार ४५२ मत ल्याएर दुई सिट पाउँनेछ । ६ प्रतिशत १ लाख २५ हजार ५२१ मत प्राप्त गरेको नागरिक उन्मुक्ति पार्टीले पनि दुई सीट पाउनेछ । ४ प्रतिशत ८१ हजार ६०५ मत पाएको जनमत पार्टीले एक सीट पाउँदा ३ प्रतिशत ६० हजार ८८६ मत ल्याएको जनता समाजवादी पार्टीले पनि एक सिट नै पाउनेछ ।

यहाँ ‘थ्रेस होल्ड’ कटाएका एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एक-एक सीट पाउनेछन्। प्रत्यक्षतर्फ उमालेले १८, कांग्रेसले १७, माओवादीले ५, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र लोसपाले २–२ सिट जितेका थिए।

यस्तै, माओवादीबाट बागी (स्वतन्त्र) उम्मेदवारी दिएर तीन जनाले, जनमत पार्टीले एक सिट जित्दा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले कुनै सिट जित्न सकेनन् । तर, सरकार गठनका बेला बहुमत जुटाउन भने निकै कठिन हुने देखिएको छ। ८७ सदस्यीय प्रतिनिधिसभामा पाँच दलीय गठबन्धनको पनि बहुमत छैन भने सबैभन्दा ठूलो दल एमालेलाई पनि बहुमत जुटाउन सकस छ । यो अवस्थामा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी निर्णायक देखिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *