मंगलबार नेप्से ४.८७ अंकले घट्यो

डिसी नेपाल
२० मंसिर २०७९ १५:२९

काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ४.८७ अंकले घटेर १९३३.८८ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५६ अङ्कले घटेर ३७८.०८ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३८ कम्पनीको २५ लाख ८१ हजार ४२५ कित्ता सेयर खरिद बिक्री हुँदा ९६ करोड ५२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम सिमेन्ट शीर्ष स्थानमा छ। यसको आज ८ करोड १२ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन डिस्टिलरी र तेस्रोमा रिडी पावरको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटा उपसुचकमध्ये ३ उपसुचक  बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा धौलागिरी लघुवित्त र सिटिजन्स म्युचुअल फण्ड-१ का लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एनएमबि बैंक र एनएमबि ५० का लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *