रुसको क्षेप्यास्त्र आक्रमणपछि युक्रेनको धेरै क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध
काठमाडौं । रुसको पछिल्लो मिसाइल आक्रमणका कारण पावर ग्रिड प्रभावित भएपछि युक्रेनका धेरै क्षेत्रमा विद्युत् कटौती गरिएको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पावर ग्रिड पुनर्स्थापित नभएसम्म विद्युत कटौती जारी रहने बताएका छन्। धेरै क्षेत्र प्रभावित भएको उनले बताए ।
विद्युत आपूर्ति नहुँदा आगामी दिनमा आधा कीभ अन्धकारमा डुबेको स्थानीय प्रशासनले चेतावनी दिएको छ ।
क्षेत्रीय अधिकारीहरूले भने कि रसियाबाट रातभर प्रहार गरिएको क्षेप्यास्त्रले दक्षिणी शहर जापोरिझ्याका मुख्य संरचना र आवासीय क्षेत्रहरूलाई निशाना बनाएको थियो।
यी हमलाहरूमा हालसम्म कुनै हताहतको रिपोर्ट आएको छैन, तर सोमबार चार जनाको मृत्यु भएको थियो।
युक्रेनका धेरै क्षेत्रमा चिसो बढेको छ र पारा शून्यभन्दा तल झरेको छ । यो चिसो मौसममा लाखौं मानिस बिजुली र पानी बिना बाँच्न बाध्य छन्। यस्तो अवस्थामा हाइपोथर्मियाका कारण धेरैको ज्यान जानसक्ने चिन्ता व्यक्त गरिएको छ ।
मंगलबारको अर्को घटनामा रुसको कुर्स्क क्षेत्रका गभर्नरले ड्रोन आक्रमणका कारण तेल ट्याङ्करमा आगो लागेको बताएका छन्। यस दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । यद्यपि, गभर्नर रोमन स्टारोभोइटले युक्रेनको सीमावर्ती क्षेत्रमा भएको ड्रोन आक्रमणको पछाडि कसको हात थियो भन्ने कुरा भनेनन्।
सोमबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले कम्तीमा ७० वटा मिसाइल प्रहार गरेको र त्यसमध्ये अधिकांशलाई खसालेको बताए ।







डिसी नेपाल







Facebook Comment