रुसी एयरबेसमा युक्रेनको ड्रोन आक्रमण, ६० रुसी मिसाइल नष्ट

डिसी नेपाल
२० मंसिर २०७९ १७:०८
1.5k
Shares

काठमाडौं । युक्रेनसँगको युद्धमा रुसलाई ठूलो धक्का लागेको छ । सोमबार दुईवटा रुसी एयरबेसमा विस्फोट भएको थियो । जसमा एक रुसी सैनिक मारिएका छन् भने चार जना घाइते भएका छन् ।

रुसी रक्षा मन्त्रालयले यी आक्रमणहरू युक्रेनी ड्रोनद्वारा गरिएको दाबी गरेको छ, जसलाई खसालिएको छ। यसै क्रममा यस हमलाका केही स्याटेलाइट तस्विरहरू पनि सार्वजनिक भएका छन्, जसमा एयरबेसमा केही रुसी जेटहरू पनि क्षतिग्रस्त भएको देख्न सकिन्छ ।

सोमबार साराटोभ र रियाजानमा रहेको दुईवटा रुसी एयरबेस, डियागिलेभो एयरबेसमा विष्फोट भएको थियो । सुरुमा रुसले कुनै बयान दिएको थिएन। तर त्यसको केही घण्टापछि मात्रै रुसले युक्रेनमा मिसाइल आक्रमण गर्न थाल्यो ।

तर, पछि रुसी रक्षा मन्त्रालयले यी आक्रमण युक्रेनी ड्रोनले गरेको दाबी गरेको थियो । युक्रेनले आधिकारिक रूपमा कुनै बयान जारी गरेको छैन। तर, नष्ट भएका केही विमानको तस्बिर शेयर गर्दै युक्रेनको वायुसेनाले ‘के भयो ?’ भनेर लेखेको छ ।

रुसले विगतमा पनि युक्रेनमाथि यस्ता आक्रमणको आरोप लगाउँदै आएको छ । तर पहिलो पटक रुसको सीमाभित्र यस्तो आक्रमण भएको हो । स्याटेलाइट छविमा पनि रुसी एयरबेसमा भारी बमबारी भएको देख्न सकिन्छ। यो पक्कै पनि रूसको लागि चिन्ताको विषय हो। रुसी रक्षा मन्त्रालयका अनुसार राष्ट्रपति पुटिनलाई पनि यी आक्रमणका बारेमा जानकारी गराइएको छ ।

अर्कोतर्फ, एयरबेसमा आक्रमणपछि रुसले पनि युक्रेनमा मिसाइल प्रहार गरेको छ । तर, युक्रेनले उनीहरूमध्ये अधिकांश खसालेको दाबी गरेको छ । युक्रेनका अनुसार उनीहरूले ७० मध्ये ६० रुसी मिसाइललाई खसालेका छन् । जबकि रुसले आफ्ना १७ वटा मिसाइल लक्ष्यमा खसेको दाबी गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी आक्रमणका कारण मोल्दोभाको विद्युत आपूर्ति प्रभावित भएको बताएका छन् । जेलेन्स्कीले भने कि यो एकपटक फेरि प्रमाणित भएको छ कि यति ठूलो मात्रामा आतंकवादी हमला गर्ने रुसको क्षमता युक्रेनका लागि मात्र होइन हाम्रो सम्पूर्ण क्षेत्रका लागि खतरा हो। यसअघि रुसी मिसाइलमा युक्रेनको इनर्जी ग्रिड ध्वस्त भएको थियो, जसका कारण लाखौं जनताको अगाडि विद्युत् संकट परेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *