विश्व इतिहासमा आजः अफगानिस्तानमा पहिलो जननिर्वाचित राष्ट्रपतिदेखि पूर्वी टिमोरमाथि इन्डोनेसियाको हमला
Former Afghan President Hamid Karzai speaks during an interview to the Associated Press in Kabul, Afghanistan, Sunday, June 20, 2021. Karzai said the United States came to Afghanistan to fight extremism and bring stability to his war-tortured nation and is leaving nearly 20 years later having failed at both. (AP Photo/Rahmat Gul)
काठमाडौं । आज सन् २०२२ को ७ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम
अफगानिस्तानमा पहिलो जननिर्वाचत राष्ट्रपति
सन् २००४ मा अफगानिस्तानका राष्ट्रपति हमिद कारजाइ इस्लाम गणतन्त्रको राष्ट्रपति बनेका थिए । इतिहासमै पहिलो पटक प्रत्यक्ष प्रजातान्त्रिक निर्वाचनमार्फत करजाई राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
सुरिनेमका सर्वसाधरणको नरसंहार
सन् १९८२ को डिसेम्बरमा दक्षिण अफ्रिकी देश सुरिनेमका १५ जना प्रख्यात व्यक्तिलाई सेनाले अपहरण गरी हत्या गरेको थियो । सेनाको तानाशाही शासनको विरोध गरेवापत उनीहरूको हत्या भएको थियो ।
पर्ल हार्वरमा हमला
सन् १९४१ मा जापानको जलसेनाले हवाईस्थित पर्ल बन्दरगाहको पनडुब्बी इलाकामा हमला गरेको थियो । सोही हमलापछि अमेरिका पनि दोस्रो विश्व युद्धमा तानिएको थियो ।
पूर्वी टिमोरमाथि अतिक्रमण
स्वतन्त्र घोषणा गरेपछि सन् १९७५ मा पूर्वी टिमोरालाई इन्डोनेसियाको फौजले अतिक्रमण गरेको थियो ।
अमेरिकी संविधानलाई अनुमोदन गर्ने पहिलो राज्य
सन् १७८७ मा डेलावारले अमेरिकी संविधानलाई पहिलो पटक अनुमोदन गरेको थियो । यही कारण डेलावारलाई अमेरिकाको पहिलो राज्य भनिन्छ ।
अस्ट्रो–हंगेरी साम्राज्यविरुद्ध युद्ध
प्रथम विश्वयुद्धको समय अर्थात सन् सन् १९१७ मा अमेरिकाले अस्ट्रो–हंगेरी साम्राज्य विरुद्ध युद्धको घोषणा गरेको थियो ।







डिसी नेपाल







Facebook Comment