जन्ती लिएर बेहुली लिन हिँडेका बेहुला बीच बाटोमा धर्नामा बसे, बेहुलीको कुर्दाकुर्दा बेहाल
काठमाडौं । उत्तराखण्डको हल्द्वानीमा बिहेमा दुलही ल्याउन निस्केका बेहुलाले बिच बाटोमै धर्नामा बस्नु परेको छ । बाटोमा दुलहा बसेको देखेर जन्तीले पनि साथ दिए । बास्तबमा सडकको खराब अवस्थाका कारण जन्ती र बेहुला धर्नामा बसेका हुन् ।
जानकारी अनुसार नैनिताल जिल्लाको हल्द्वानी–काठगोदाम–हडाखान सडक एक महिनादेखि बन्द छ । जसका कारण १२० गाउँको सम्पर्क विच्छेद भएको छ । त्यसको विरोध गर्दै पहिरोले बन्द गरेको सडक खोल्न विपक्षी दलका नेता यशपाल आर्य त्यहाँ पुगेका थिए ।
यहाँ उनले प्रतीकात्मक व्रत बसे । सो क्रममा ठूलो संख्यामा कांग्रेसका नेता तथा स्थानीयवासी पनि प्रदर्शन स्थलमा पुगेर काठगोदाम–हैडाखान–सिम्लिया बन्द मोटरवेलाई चाँडोभन्दा चाँडो खोल्न माग गरेका थिए । यसैबीच कोटाबागको राहुल विष्टको जन्तीसहित त्यहाँबाट गइरहेका सवारीसाधन पनि खराब सडकमा फसेका थिए ।
बेहुला र जन्तीलाई गाडीबाट ओरालेर पैदलै पठाउनु परेको थियो । यसबाट आक्रोशित बेहुला राहुल पनि यशपाल आर्यसँगै धर्नामा बसेका थिए । अर्कोतर्फ, बेहुलीले आफ्नो बेहुलालाई पर्खिरहेकी थिइन् । तर जन्ती नआएपछि बेहुली पक्षका मानिसहरू त्यहाँ पुगे ।
बाटो खराब भएकाले बेहुला पक्ष धर्नामा बसेको थाहा पाएपछि बेहुली पक्षका मानिसहरूले बुझाए । उनलाई धेरै सम्झाएपछि राहुल त्यहाँबाट जन्ती लिएर गए । राहुलले पहिलो पटक साथीभाइसँग ससुराली जाँदा यति अप्ठ्यारो सामना गर्नुपर्ने हुन्छ भन्ने नसोचेको बताए ।
दुर्गम क्षेत्रको अवस्था प्रशासन र स्थानीय नेताहरूको दाबी विपरीत छ । यहाँ सर्वसाधारणले सास्ती खेप्नु परेको छ । सडक नै बन्द हुँदा किसानले आफ्नो फलफूल र तरकारी बजारसम्म पुर्याउन सकेका छैनन् । बिरामी होस् वा विवाहको जन्ती सबैजना पैदल हिँडिरहेका छन्। लामो समय बितिसक्दा पनि भत्केका सडक मर्मत हुन सकेको छैन ।







डिसी नेपाल







Facebook Comment