बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

डिसी नेपाल
२१ मंसिर २०७९ १४:४६

काठमाडौँ। बुद्ध  एयरले १६ डिसेम्बर ०२२ (१ मंसिर) देखि काठमाडौं–सुर्खेत उडान एटीआर ७२ जहाजबाट गर्ने भएको छ। अहिले बुद्ध एयरले यस गन्तव्यमा एटिआर ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएको छ।

यात्रुको माग र सुविधालाई ध्यानमा दिएर एटिआर  ७२ जहाजबाट उडान भर्न लागेको कम्पनीले जनाएको छ। यस जहाजको उडानबाट यात्रुहरू अधिक लाभान्वित हुने बुध्द एयरको भनाइ छ।

हाल सञ्चालनमा रहेको एटिआर ४२ उडान बाट यात्रुहरूको माग अनुरुप सिट संख्या उपलब्धता कम रहेको तथ्यलाई आत्मसात गर्दै एटिआर ७२ मार्फत उडान सञ्चालन गर्न लागेको छ।

सानो जहाजको सञ्चालन खर्च उच्च हुने हुँदा भाडादरमा यसको प्रत्यक्ष प्रभाव पारेको छ। एटीआर ७२ बाट उडान गर्दा यात्रु सिट संख्या र सञ्चालन खर्च कम हुने हुँदा यसको प्रत्यक्ष लाभान्वित यात्रुले पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *