१६.६१ अंकले घट्यो नेप्से, १ अर्ब ६५ करोडमाथिको कारोबार

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४४ अङ्कले घटेर ३७३.६४ मा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २४६ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा सानिमा बैंकको प्रमोटर सेयर शीर्ष स्थानमा छ। यसको आज ६७ करोड २ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिभम सिमेन्ट र तेस्रोमा नबिल बैंकको कारोबार भएको छ।
मंगलबारको कारोबारमा १३ वटा उपसुचकमध्ये १ उपसुचकबाहेक बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा खप्तर्ड लघुवित्त र कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, नाडेप लघुवित्त र ग्लोबल आइएमई बैंकका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।