सिटी एक्सप्रेसको ‘बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजनाको उपहार हस्तान्तरण

डिसी नेपाल
२१ मंसिर २०७९ १५:२४

काठमाडौँ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित होटल अलफ्टमा “बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ” योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छ।

“बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ” योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरब बाट रेमिटान्स पठाउने जिवन रायमाझीलाई “५ तोला सुन”, यु के बाट रेमिटान्स पठाउने नुना गुरुङलाई १ तोला सुन , कोरिया बाट रेमिटान्स पठाउने रीना कुमारी तामाङलाई १ तोला सुन , मलेशिया बाट रेमिटान्स पठाउने पुरण रोकालाई १० तोला चाँदी, जापानबाट रेमिटान्स पठाउने रबिन्द्र मानन्धरलाई १० तोला चांदी , कुवेत बाट रेमिटान्स पठाउने सुनिता दराईलाई १० तोला चांदी हस्तान्तरण गरिएको छ।

उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदी स्थित टेलिमनी बैंकका प्रमुख खालेद अल ब्राहिम , नेपाली चर्चीत नायिका पूजा शर्मा, नेपाल इन्भेस्ट्मेन्ट बैंकका उपमहाप्रबन्धक बिजेन्द्र सुवालको उपस्थिती रहेको थियो।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने “बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ” उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली मेगा बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने योजनामा रहेको थियो। जसअन्तर्गत १००८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर) , ९ जनाले साप्ताहिक उपहार (१०/१० तोला चाँंदी ) र २ जनाले मासिक उपहार (१/१ तोला सुन ) जित्न सफल भएका छन् । उक्त योजना भदौ १५ देखी कार्तिक १५ गते सम्म चलेको थियो।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *