महाकालीमा भारतीय हस्तक्षेपको विरोधमा दूतावास घेराउ, मोदीको तस्बिर जलाईयो

डिसी नेपाल
२१ मंसिर २०७९ १६:१९

काठमाडौं । भारतले गरेको महाकाली नदीमा हस्तक्षेपको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ । अखिल क्रान्तिकारीले बुधबार भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको हो । साथै माइतीघरमा अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरसमेत जलाएका छन् ।

सरकारले मंगलबार मात्रै महाकाली नदी अतिक्रमण र दार्चुलास्थित नेपाली नागरिकहरुमाथि भएको ज्यादतीलाई लिएर भारतलाई कूटनीतिक नोट पठाएको छ । एक वर्षयता भारतीय पक्षले उत्तराखण्डको धार्चुलातर्फबाट सीमा नदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी तटबन्ध बनाइरहेको छ । उक्त तटबन्धनको विरोधमा उत्रिएका दार्चुलास्थित नेपाली नागरिकहरुमाथि भारतीय पक्षले लगातार आक्रमण गरिरहेपछि परराष्ट्र मन्त्रालयले मंगलबार कूटनीतिक नोट पठाएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *