विश्वकप लिग–२ः नेपाललाई २७६ रनको लक्ष्य

डिसी नेपाल
२१ मंसिर २०७९ १७:१८

काठमाडौं । नामिबियामा जारी आईसीसी विश्वकप लिग २ को तेस्रो खेलमा नेपालले २७६ रनको लक्ष्य प्राप्त गरेको छ । युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा जारी खेलमा घरेलु टोलीले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको समाप्तिमा ७ विकेट गुमाएर २७५ रन बनायो ।

नामिबियाका मिचेल भान लिंगेनले सतक प्रहार गरे । उनले १११ बलमा १५ चौका र एक छक्काको मद्दतमा ११९ रन बनाए । यस्तै कप्तान जेरार्ड इरासमसले अर्धसतकीय पारी खेल्दै ५३ रन बनाए ।

नेपालका लागि स्पिनर ललित राजवंशीले ४ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ३६ रन दिए । यस्तै सोमपाल कामीले २ तथा सागर ढकालले १ विकेट लिए ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा नेपालको यो तेस्रो खेल हो । नेपाल र नामिबियाबीच यसअघिको खेल वर्षाले प्रभावित बन्दा अंक बाँडेको थियो । दोस्रो खेलमा नेपाल बलियो स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको थियो ।

नेपालले शृंखलाको अन्तिम खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *