जर्मनीमा संसद आक्रमणको योजना विफल

डिसी नेपाल
२१ मंसिर २०७९ २२:५८

फ्र्याङ्कफर्ट । जर्मन प्रहरीले बुधबार राष्ट्रव्यापी छापा मार्ने क्रममा संसदमा आक्रमणको योजना बनाएको आशङ्कामा अति दक्षिणपन्थी आतङ्कवादी समूहका सदस्यहरु २५ जनालाई गिरफ्तार गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

राष्ट्रव्यापी छापा मार्ने क्रममा तीन हजार भन्दा बढी सरकारी अधिकारीसहित आतङ्ककारीविरुद्ध संलग्न रहेका समूहले बिहानको सयम कारबाही शुरु गरेको थिए । एक सय ३० भन्दा बढी सम्पत्तिहरू खोजी गरेका जनाइएको छ ।

‘सानो सशस्त्र समूहसँग जर्मन संसदमा हिंसात्मक रूपमा जबरजस्ती गर्न ठोस तयारी गरेको’ आशंका गरिएको ‘रेचका नागरिक’ (रेच्सबर्गर) आन्दोलनका कथित सदस्यहरूलाई लक्षितगरी छापा मारिएको अभियोजनकर्ताहरूले एक विज्ञप्तिमा बताएका छन् ।

पक्राउ परेकाहरुलाई पछिल्लो समय नोभेम्बर २०२१ को अन्त्यसम्ममा एउटा आतङ्कवादी समूह बनाएको आरोप लगाइएको छ । यस समूहले जर्मनीमा अवस्थित राज्य व्यवस्थालाई हटाउने र यसलाई आफ्नै प्रकारको राज्यले प्रतिस्थापन गर्ने लक्ष्य राखेको उनीहरूले जानकारी दिएका छन् । पक्राउ परेका २५ मध्ये दुई जना अस्ट्रिया र इटालीका रहेका जनाइएको छ ।

रेच्सबर्गर आन्दोलनले आधुनिक जर्मन गणतन्त्रको वैधतालाई अस्वीकार गर्ने नव–नाजीहरू, षड्यन्त्र सिद्धान्तवादीहरू र बन्दुक उत्साहीहरु समावेश रहेको छ । ‘संदिग्ध आतङ्कवादी योजना ध्वस्त गरेकोमा न्याय मन्त्री मार्को बुशम्यानले ट्वीटरमार्फत प्रशंसा गरेका छन् । यसले जर्मनीले आफ्नो लोकतन्त्रको रक्षा गर्न सक्षम भएको देखाएको मार्कोले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *