विश्व इतिहासमा आज भएका केही घटनाक्रम

डिसी नेपाल
२२ मंसिर २०७९ ६:४८

आज सन् २०२२ को ८ डिसेम्बर । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रम

सन् १९९१ मा बेलाभेज सम्झौतामा हस्ताक्षर भएको थियो । भेलाभेज सम्झौतामा रुसमाथिको प्रतिबन्ध हटाएर राष्ट्रमन्डल देश घोषणा गरिएको थियो।

सन् १९९१ मा रोमानियाको संविधान कार्यान्वयनमा आएको थियो। जनमत संग्रहमार्फत पारित भएपछि ४२ वर्षको कम्युनिस्ट शासनपछि रोमानियामा प्रजातन्त्र आएको थियो।

प्यालेस्टाइनको भूमिमा इजरायलको अतिक्रमणविरुद्ध सन् १९८७ मा पहिलो पटक प्यालेस्टाइनमा आन्दोलन भएको थियो। इजरायलको सेनाको ट्रकले एउटा कारमाथि हमला र चार सर्वसाधरणको हत्यासँगै इजरायली अतिक्रमण सुरु भएको थियो। सन् १९९३ मा हिंसा समाप्त भएको थियो। प्यालेस्टाइन र इजरायलबीच सन्२००० मा दोस्रो चरणको हिंसा भएको थियो।

सन् १९४१ मा अमेरिका औपचारिक रुपमा दोस्रो विश्वयुद्धमा प्रवेश गरेको थियो। डिसेम्बरमा जापानको जलसेनाले हवाईस्थित पर्ल बन्दरगाहको पनडुब्बी इलाकामा हमला गरेको थियो। सोही हमलापछि अमेरिका पनि दोस्रो विश्व युद्धमा तानिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *