महिलाको चिहानबाट अनमोल खजाना फेला, १३ सय वर्ष पुरानो सुनको हार देखेर खोजकर्ता चकित
काठमाडौँ। ब्रिटेनको नर्थ ह्याम्पटनमा उत्खननका क्रममा पुरातत्वविद्हरूले बहुमूल्य हार फेला परेका छन्। फेला परेको हार देखेर पुरातत्वविद्हरू छक्क परेका थिए।
वास्तवमा, उत्खनन भइरहेको ठाउँमा पुरातत्वविद्हरूले चिहान भित्रबाट सुन र बहुमूल्य ढुङ्गाले बनेको बहुमूल्य हार फेला पारेका हुन्। पुरातत्वविद्का अनुसार यो चिहान धनी वा राजपरिवारकी महिलाको हुनुपर्छ ।
म्यूजियम अफ लण्डनका पुरातत्वविद्हरूका अनुसार महिलाको मृत्यु ६३०-६७० ईस्वी बीचमा भएको हुनु पर्ने, र त्यससंगै त्यो हार पनि गाडिएको थियो। हार्पोल र डस्टनको बीचमा रहेको जग्गामा आवास निर्माण गर्नुअघि जारी उत्खननका क्रममा उनीहरूले यो हार फेला पारेको पुरातत्वविद्हरूले बताएका छन्।
चिहान भित्र भेटिएको यो हार सुन, काँच, धेरै बहुमूल्य पत्थर र पुरातन रोमन सिक्काबाट बनेको छ। बेलायतमा यो खोजलाई हार्पोलको खजाना पनि भनि रहेका छन्। चकित पार्ने कुरा के छ भने हारसँगै तामाको भाँडा र दुईवटा माटोका भाँडा पनि चिहानमा गाडिएको थियो।
सीएनएनको रिपोर्टका अनुसार पुरातत्वविद्हरूले चिहानबाट ठूलो चाँदीको क्रस पनि फेला पारेका छन्, जसबाट यो महिला महान क्रिस्चियन गुरु हुन सक्ने अनुमान गरिएको छ। विशेष कुरा के छ भने पुरातत्वविद्हरुले यो खोज यसै वर्ष ११ अप्रिलमा गरेका थिए तर मंगलबार पहिलो पटक सार्वजनिक गरिएको थियो।
अनुसन्धानकर्ताहरू भन्छन् कि यो खोज अब अध्ययन गरिनेछ, त्यसपछि धेरै महत्त्वपूर्ण कुरा थाहा पाउन सकिन्छ। तर, यसको अध्ययन कम्तिमा दुई वर्ष लाग्नेछ। विज्ञहरूका अनुसार यसअघि पनि बेलायतका धेरै क्षेत्रमा उत्खनन कार्यका क्रममा यस्ता प्राचीन हार फेला परेका थिए तर कुनै पनि हार्पोलको खजानासँग मिल्दोजुल्दो थिएनन्।
उत्खननका क्रममा स्थल पर्यवेक्षक र पहिलो खजाना देख्ने लेभान्टे बेन्सले आफूले उत्खनन सुरु गर्दा यहाँ केही भेटिन्छ भन्ने कुरामा कसैले विश्वास नगरेको बताए। तर त्यही बीचमा उनीहरूले दुईवटा दाँत फेला पारेपछि यहाँ कसैलाई गाडिएको देखियो । त्यसपछि थप खन्ने क्रममा हार फेला परेको थियो।
लेभान्टले विगत १७ वर्षमा उत्खननका क्रममा सुन फेला पारेको यो पहिलो पटक भएको बताए। यी वस्तुहरू मात्र नभई खोजको वास्तविक नतिजा भएको उनको भनाइ छ ।







डिसी नेपाल







Facebook Comment