इरानको सांस्कृतिक संरचनामा परिवर्तन आवश्यक छ: अयातोल्लाह अली खामेनी

डिसी नेपाल
२२ मंसिर २०७९ १३:१९
28
Shares

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले मंगलबार इरानको सांस्कृतिक संरचनामा क्रान्तिकारी परिवर्तन ल्याउने कुरा गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार खामेनीको यो बयान यस्तो समयमा आएको हो जब इरानमा महिला अधिकार बढाउन व्यापक विरोध भइरहेको छ ।

खामेनीले इरानको संस्कृति परिषद्को बैठकमा भने, ‘देशको सांस्कृतिक संरचनालाई क्रान्तिकारी ढंगले परिवर्तन गर्नुपर्ने आवश्यकता छ । सर्वोच्च परिषद्ले देशका विभिन्न क्षेत्रका सांस्कृतिक कमजोरीहरूको ख्याल राख्नुपर्छ ।

यस वर्ष सेप्टेम्बरमा प्रहरी हिरासतमा २२ वर्षीया कुर्दिश महिला महसा अमिनीको मृत्यु भएपछि इरानमा विरोध प्रदर्शन जारी छ।

ती आन्दोलनमा महिला र युवाहरुको सक्रिय सहभागिता रहेको छ । इरानका धेरै सहरबाट हिंसा र आगजनीका तस्बिरहरू पनि बाहिर आएका छन्।

यी प्रदर्शनहरूले १९७९ इस्लामिक क्रान्ति पछि सत्तामा आएको इस्लामिक गणतन्त्रको शासनलाई गम्भीर चुनौती खडा गरेको छ।

यसपछि इरानका अभियोजक जनरलले देशको धार्मिक प्रहरी अर्थात् नैतिक प्रहरीलाई खारेज गरिएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *