सिमाको संगीत र सजलको स्वरमा ‘अजम्बरी उपहार’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
२२ मंसिर २०७९ २०:५५
60
Shares

काठमाडौं । नेपाली संगीतका स्वर्णिम युगका संगीतकर्मी, गायक गायिका जो शशरीर अहिले जीवित छैनन् उनीहरुको अमुल्य योगदान लाई नमन गर्न धन्यवाद स्वरूप ‘अजम्बरी उपहार’ बोलको गीत सार्वजनिक भएको छ।

यस गीतमा स्वर नेपाली आधुनिक गीत र गजल क्षेत्रमा आफ्नो मौलिक पहिचान बनाएका गायक संगीतकार सजल न्यौपानेको रहेको छ भने शब्द गीतकार आचार्य प्रभाको रहेको छ। गीतमा सेमीक्लासिकल शैली र करुण रस को प्रयोग सुन्न सकिन्छ। सिमा पोख्रेलको यस गीतमा संगीत रहेको छ।

श्रद्धाञ्जली गीतहरु कम नै बन्ने गरेको अहिलेको माहोलमा, हामीले महान अग्रज कलाकारको महत्व अनि योगदानलाई बचाइराख्न र नयाँ पुस्तालाई वहाहरुको योगदान याद गराइराख्न यो गीत तयार पारिएको गायक न्यौपानेले बताएका छन्। सिमा पोख्रेल निर्मात्री रहेको यस श्रद्धाञ्जली गीतको भिडियोलाई सिमा पोख्रेल जस्ट लभ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *