प्रदेश १, मधेश, बागमती र गण्डकीमा बदलीको सम्भावना

डिसी नेपाल
२३ मंसिर २०७९ ६:३४
48
Shares

काठमाडौं। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ । शनिबार देशभर मौसम सामान्यतया सफा रहने सम्भावना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *