म्युजिक भिडियो राजा रानी युट्युब ट्रेन्डिङमा, रिलिज भएको चार दिनमै पाए १० लाख बढि दर्शकको साथ
काठमाडौँ। अभिनेता सलोन बस्नेत र करिष्मा केसी अभिनित म्युजिक भिडियो राजा रानी युट्युब ट्रेन्डिङमा छ। युट्युबमा रिलिज भएको चार दिनमा नै गीतले १० लाख बढि दर्शकको साथ पाएकोे छ, भने टिकटकमा पनि गीतलाई उत्तिकै रुचाइएकको छ।
सलोनको रिसेप्सनमा सार्वजनिक गरिएको आमेशद्वारा स्वरवद्ध ‘राजा रानी’ बोलको गीतलाई गत आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच युट्युब रिलिज गरियो। सलोनलाई राजा र करिश्मालाई रानीको रुपमा चित्रित गरिएको ‘सलोमा’ वेडिङ भिडियोमा उनीहरुको विवाहलाई उतारिएको छ।
बेहुला बेहुलीको पहिरनमा सिंगारिएकोदेखि करिश्मा सलोनको घरमा भित्रिँदासम्मको दृश्य भिडियोमा देखिन्छ। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। गीतमा आमेशलाई गायिका सुनिता थेगिमले गायनमा सघाएकी छन् भने आमेशकै शब्द रचना तथा संगीत छ।
भिडियोमा निर्देशक र निर्मातामा सलोनको नाम छ। आमेशले ‘राजा रानी’ गीत सलोन र करिश्माका लागि आफ्नो मनबाट निस्किएको बताए। सलोन बस्नेत र आमेश भण्डारी मित्रताका उदाहरण हुन् भन्दा फरक पर्दैन्। सिनेमा ‘मेला’मा एकसाथ काम गरेपछि उनीहरुबीच मित्रता गाँसिएको थियो। त्यसयता उनीहरुले एकअर्कालाई साथ दिइरहेका छन्।
अभिनयका अलवा गायनका पनि सौखिन यी दुईले एकसाथ केही गीत गाएका छन् भने चाँडै एक सिनेमामा पनि काम गर्ने तयारीमा छन् । दुवैको एकअर्काको परिवारसँग पनि राम्रो सम्बन्ध छ। उनीहरु बीच कति बलियो मित्रता छ भन्ने कुरा आमेशले सलोन र करिश्मालाई विवाहको उपहार स्वरुप गीत तयार गरेर रिसेप्सन पार्टीमा सार्वजनिक गर्नाले पनि देखाउँछ।
सार्वजनिक गीतले आमेषलाई अभिनेतासँगै गायकको रुपमा पनि चिनाउन सफल भएको छ। हाल सार्वजनिक गीत युट्युब ट्रेन्डिङको १३ औं स्थानमा छ। यस्तै केही दिनमा सलोनको विवाहको भिडयो समेत केही दिनमा ओएसआर डिजिटल मार्फत ३ पार्टमा सार्वजनिक हुने निर्देशक शोभित बस्नेतले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment