दुई कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट, कुनको मूल्य कति ?

डिसी नेपाल
२६ मंसिर २०७९ १२:५९

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सोमबारको कारोबारमा सुमित लघुवित्त वित्तीय संस्था र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो।

यी दुवै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको छ।  सुमित लघुवित्तको सेयर भाउ १ सय ६ रुपैयाँले बढेर १ हजार १ सय ६६ रुपैयाँ २० पैसा पुगेको छ। भने सीवाईसी नेपाल लघुवित्तको सेयर भाउ  १ सय ८६ रुपैयाँ ८० पैसाले बढेर २ हजार ५४ रुपैयाँ ८० पैसा पुगेको छ।

मार्केट डेपमा दुवै कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *