१६.९७ अंकले बढ्यो नेप्से परिसूचक, दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट

डिसी नेपाल
२६ मंसिर २०७९ १५:२२

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १६.९७ अंकले बढेर १९०२.२८ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५७ अङ्कले बढेर ३७२.९३ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३६ करोड ६० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नबिल बैंक शीर्ष स्थानमा छ। यसको आज १० करोड ९३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा कुमारी बैंकको प्रमोटर सेयर र तेस्रोमा शुभम् सिमेन्टको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटा उपसुचकमध्ये बैंकिङ्ग उपसुचकबाहेक सबै उपसुचकमा हरियाली छाएको छ । आजको कारोबारमा सुमित लघुवित्त र सिवाईसी नेपाल लघुवित्त को सेयर भाउ १० प्रतिशतले बढेको छ। यी दुई कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, ग्लोबल आईएमई ब्यलेन्स्ड फण्ड र कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *